नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुने माओवादी प्रवक्ताको प्रष्टोक्ति

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुने माओवादी प्रवक्ताको प्रष्टोक्ति


file Photo

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने जानकारी दिए ।

“चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ, कूटीतिक पहलकदमी बढाउनुपर्छ, प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ” भन्दै प्रवक्ता सापकोटाले नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने धारणा राखे ।