आजको पञ्चाङ्ग एवम् राशिफल (१८ भदौ २०८० साोमबार, ४ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ भदौ २०८० साोमबार, ४ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ४ तारिख सोमबार भाद्रपद कृष्णपक्षको पञ्चमी तिथि अश्विनी नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त सांझ १८ः२० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि पर्नुपर्ला । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने समय छ । खर्च बढ्नेछ भने यात्रापरक कार्यमा केही चुनौतीहरू देखिएला । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुबाट जोगिने प्रयत्न गर्नु हितकर होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्ला । व्यवसायमा फाइदै भए पनि यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने दिन छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । तर छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना छ । टाढाको यात्रा गर्ने प्रक्रियामा रहेकाहरूको लागि अनुकुलता वृद्धि होला । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग रहेकोले सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान प्राप्त हुनेछ । शत्रु परास्त होलान् ।

कर्कट – कर्मबल बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने योग छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै मिठो भोजन प्राप्त होला ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्ने सम्भावना छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दौडधुपका साथै आय वृद्धि हुने समय छ । पारिवारिक सुख शान्तिका साथै पराक्रम बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । अनुकुल मौकाको पर्याप्त लाभा लिन सकिएला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा–मामिलामा विजयी भइनेछ । प्रेमको बन्धन कसिने बेला छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुने दिन छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाइनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्ने योग छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर हुनेछ । आरोग्यता र पराक्रम वृद्धि हुनेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नुहोला ।

धनु – आश मारेको कामले उत्साह जगाउने दिन छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रेमभाव र शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्ने दिन छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ जिम्मेवारी प्राप्तिले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ । सन्तान पक्षबाटसुख प्राप्त हुनेछ । यात्रामा सफलता तथा मनोकूलको काममा सफलता मिल्ने समय छ ।

कुम्भ – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पराक्रम बढ्नेछ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने योग भएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । सुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – श्रमको उचित मूल्याङ्कन हुने समय छ । स्वास्थ्य सामान्य प्रतिकूल रहला, तर पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिका बाबजुद लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । वार्तामा सफलता मिल्नेछ । सुख बढ्ला । शत्रु परास्त होलान् ।