आनन्दराजको ‘तिमीले रोजेको मान्छे’ सार्वजनिक

आनन्दराजको ‘तिमीले रोजेको मान्छे’ सार्वजनिक


गीतकार आनन्दराज खनालको नयाँ गीत ‘तिमीले रोजेको मान्छे’ सार्वजनिक भएको छ । उनले आफ्नै युटुब च्यानलमामा उक्त गीतको म्युजिक भिडियो गत हप्ता सार्वजनिक गरेका हुन् ।

गीतकार, संगीतकार, संगीत-संयोजक, गायक-गायिका सबै जना सँगै बसेर उक्त भिडियो निर्माण गरिएको छ । आनन्दराज खनालको शब्दमा चर्चित युवा संगीतकार दीपक शर्माको संगीत छ भने सुशान्त गजुरेलले संगीत-संयोजन गरेका छन् । पुरुष स्वर सविन सुवेदीको र नारी स्वर अनु चौधरीको रहेको छ ।

कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने कुरा नै यस गीतको मूल विषय रहेको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा परिचित खनाल पछिल्लो समय धर्मशास्त्रहरुको विश्लेषण र गीतलेखनमा पनि उत्तिकै सक्रिय छन् ।