आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०८० बिहीबार, ७ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०८० बिहीबार, ७ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र २१ गते बिहीबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ७ तारिख भाद्रपद कृष्णपक्षको अष्टमी तिथि रोहिणी नक्षत्र ध्रुव योग ४ः१५ पर वज्र योग बालब करण आनन्दादियोगमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ बजेमा भयो र सूर्यास्त साँझ १८ः१७ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीकृष्ण रथयात्रा ।

आजको राशिफल

मेष – आजको दिन परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनुका साथै धनलाभको पनि योग रहेको छ । तथापि, प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । मान-महत्व वृद्धि होला । विलासी काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सामान्यतया दिन राम्रै छ ।

वृष – ब्यापारबाट राम्रै आर्जन हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । अध्ययन-अध्यापनका लागि अुनुकल योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने मन प्रशन्न रहला । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । सन्तानसुख प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आजको दिन बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्कतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । लामो यात्राको सम्भावना छ । काममा स्थानान्तरण हुन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा फाइदा हुनेछ । तपाईंका कामहरूको प्रशंसा हुनेछ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । घरपरिवारको स्थिति अनुकूल रहला । कर्मबल बढ्नेछ ।

कर्कट – नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ, तर सोचेभन्दा ज्यादा आर्थिक अपव्यय हुने सम्भावना छ । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । मिठो भोजन मिल्नेछ ।

सिंह – कर्मबल बढ्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय छ । तथापि, बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । मित्र एवम् आफन्तजनको साथ मिल्नेछ । पारिवारिक सख प्राप्त होला ।

कन्या – गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कुनै पनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । आँटेको काममा सफलता मिल्ने तथा प्रतिभाको उच्च मूल्यांकन हुने योग छ । तथापि, समयमा निर्णय लिन नसक्दा हातमा आएको राम्रो अवसर गुम्न सक्छ, विशेष सचेत रहनुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सार्वजनिक व्यवहारमा सतर्क रहनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । दौडधुप बढ्ला ।

वृश्चिक – समय केही चुनौतीपूर्ण छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने तर जिम्मेवारी भने बढिरहने योग छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले फजुलको दुःख प्रदान गर्न सक्छ । धार्मिक तथा सार्वजनिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ ।

धनु – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च पनि बढ्न सक्छ । तथापि, मानसम्मान मिल्ने र अप्रत्यासित रूपमा आम्दानीको ढोका खुल्ने दिन छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ भने मंगलमय काम सम्पादन होला । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग छ । आरोग्यता बढ्नेछ, मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – उत्साहवर्द्धक समाचार सुन्न पाइने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसंगै मित्रजन र सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – रुचिका विषयमा लगानी बढाउन सकिने तथा व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा केही खर्च बढ्ने योग छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । स्वास्थ्यप्रति सजग रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ, तर पराक्रम बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । शत्रु परास्त होलान् ।