कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः हिक्मत कार्की नियुक्त, नयाँ मन्त्रिपरिषद् गठन

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः हिक्मत कार्की नियुक्त, नयाँ मन्त्रिपरिषद् गठन


कोशी प्रदेशका प्रदेशप्रमुख पर्शुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई शुक्रबार साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नै शपथ ग्रहण गरेका छन् ।

प्रदेशप्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

यसैगरी, प्रदेशप्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गरेका छन् । उनले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् । यसैगरी मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।

शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

photo: rss