आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०८० मंगलबार, १२ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०८० मंगलबार, १२ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र २६ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १२ तारिख मंगलबार भाद्रपद कृष्णपक्षको त्रयोदशी तिथि अश्लेषा नक्षत्र शिव योग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – विभिन्न अवसर मिल्ने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । नयाँ कामको सुरुवातचाहिँ आज नगरेकै बेस हुनेछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । व्यस्तता र खर्च बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्ने योग छ ।

वृष – आज तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको राम्रो उपयोग हुने समय छ । साहस वा पराक्रम बढ्नेछ । सुख वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सम्पति बढ्नेछ । रसरागको भाव वृद्धि होला । समस्याको समाधान पमिल्नेछ, यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, आजको दिन विशेष सावधान रहनु हितकर होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । आफूले गर्दै आएको कामलाई चाहिँ निरन्तरता दिनु उत्तम हुनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – दिन शुभदायी छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने योग छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । आयबल वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आज गरेको मेहनत खेर नजाला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । उन्नति पदोन्नति हुनेछ । कर्मबल वृद्धि होला । योजना र बजेट बनाएर मात्र काम गर्नु उन्नतिकारक हुनेछ ।

वृश्चिक – आजको दिन केही चुनौतीयुक्त छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले व्यक्तिगत स्वतन्त्रतामा दखल दिन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान पुऱ्याउनु हितकर हुनेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – दौडधुपका साथै जोखिम बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने समय भएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य मिल्न मुस्किल पर्ला । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – राम्रो समय छ । व्यवसायमा राम्रैै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । मित्रजनको साथ प्राप्त होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

मीन – आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने समय छ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुने योग रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा खटपट पर्न सक्छ, सचेत भइ व्यवहार गर्नुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।