काठमाडौँ, केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि संचालन भईरहेको बिपी साहित्य महोत्सव नेपाली कांग्रेसले आज स्थगित गरेको छ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सांसद सुवास नेम्वाङको आज राति सवा एक बजे निधन भएपछि उहाँको निधनको शोकमा महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो।बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।
प्रतिक्रिया