चितवन, आज बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड साढे २ घन्टापछि खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको थियो।
सडक डिभिजन कार्यालय सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको हो।
प्रतिक्रिया