आजको पञ्चाङ्ग एवम् राशिफल (२७ भदौ २०८० बुधबार, १३ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ भदौ २०८० बुधबार, १३ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २७ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १३ तारीख बुधबार भाद्रपद कृष्णपक्षको चतुर्दशी तिथि मघा नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त सांझ १८ः१० बजे हुनेछ ।

आजको राशिफल

मेष – विशेष सभा-समारोहमा भाग लिने र मानसम्मान मिल्ने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ भने साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । कामका् दायित्व बढे पनि आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । प्रेमभाव बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – व्यस्तताका साथै सुख वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ला । प्रेम र मित्रताको बन्धन कसिएर जाला । रसरागमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा सुधार होला । उद्योग व्यवसायमा राम्रै प्रगति हुने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – परिवारजनसँग आत्मीयता बढ्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ । जटिल समस्याको समाधान प्राप्त हुने योग छ । यात्रामा सफल रहला ।

कर्कट – आजको दिन आर्थिक अभावले अलिक सताउने तथा व्यवसायमा केही उतारचढाव आउन सक्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य तवरमा सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । सुख सुविधाका वस्तुका साथै रसरागमा आकर्षण बढ्नेछ । खेलकुद तथा भ्रमणमा रुचि रहला ।

सिंह – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । नाता कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसाय विस्तार हुनेछ । कृषिकर्मबाट लाभ हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन हुने र सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । जस्तोसुकै समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्नसक्ने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धन पनि आर्जन होला । कर्मबल वृद्धिका साथै मान महत्व बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्न सक्छ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर हुनेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्ने प्रयत्न गर्नुहोला । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ, खानपानमा होसियारी अपनाउनु हितकर होला । आजको दिन विश्वास गरेका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – नयाँ शिप तथा ज्ञान प्राप्त हुने समय छ । पढाइलेखाइमा प्रगति होला । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ भने यात्रा उपलब्धीमूलक बन्नेछ । त्यसै-त्यसै उत्साह जाग्ने योग छ । सन्तान पक्षबाट सुख मिल्नेछ । महत्वपूर्ण काममा जोखिम बढ्ने योग रहेकोले नयाँ योजना थाती राख्नु हितकर होला । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्नेछ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक रोजगारीको काममा भने केही चुनौती आउन सक्छ, तर मित्रजनको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा पनि सफलता मिल्ला ।

मीन – आजको दिन मिश्रित फलदायी रहला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सामान्य खर्च बढ्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने सक्छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरु सक्रिय रहन सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।