राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुवै छोराले दिए दागबत्ती

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुवै छोराले दिए दागबत्ती

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानका साथ नेम्वाङको आज बिहीबार अन्त्येष्टि गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनुभएको थियो।

नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिनुभएको हो। नेम्वाङको अन्त्येष्टिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायत पशुपति पुग्नुभएको थियो ।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।