सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ हुँदै

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ हुँदै

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुने भएको छ । १० दिनको म्याद दिएर संसदीय सुनुवाइले उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।

यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १० दिनको म्याद दिएर गत १५ भदौमा सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गरेको थियो ।

गत वर्ष भदौमा पनि उहाँको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उहाँको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उहाँलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।

अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उहाँको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।