अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए ‘हतियारको राजनीति’ गर्ने धम्की

अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए ‘हतियारको राजनीति’ गर्ने धम्की


गुल्मीको सत्यवती गाउँपालिका-१ का वडा अध्यक्ष अर्जुन कनौजेको अस्लिल भिडियो सार्वजनिक भएको छ । युवा कृषकको समेत छवी बनाएका कनौजेले एक युवतीसँग प्रदर्शन गरेको अस्लिल भिडियो सार्वजनिक भएपछि सो विषय यतिबेला सामाजिक सञ्जालमा समेत भाइरहल बनेको छ ।

उक्त भिडियोमा उनले शरिरका कपडा उतारेर युवतीसमक्ष गोप्य अंग प्रदर्शन गर्दै अस्लिल हर्कत गरेका छन् । युवतीसँग ह्वाटएपको माध्यमबाट कुरा गर्दै कनौजेले अश्लीलता प्रदर्शन गरेका छन् भने युवतीले पनि त्यसमा साथ दिइरहेको देखिन्छ ।

भिडियो बाहिरिएसँगै वडाध्यक्षको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ भने उक्त भिडियो हटाउन भन्दै बुधबार दिभरजसो नै छलफल भएको बताइएको छ । यता भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष कनौजेसँग सम्पर्क गर्दा त्यो भिडियो आफ्नो भएको स्विकार गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यअनुरुप बाहिर ल्याइएको गुनासो गरे ।

आफु कृषक भएको र विषदीको असरका कारण आफ्नो यौन उत्तेजनामा ह्रास आएपछि एर्चागुम्वा प्रयोग गरेको प्रष्टिकरण दिएका उनले यर्चागुम्बा दिने ब्यक्तिले तपार्इंको यौन उत्तेजनामा केहि परिर्वन आएको छ छैन भनी भिडियो देखाउन भनेकाले यो भिडियो च्याट गरेको बताए ।

साथै, उक्त यार्चागुम्वा बेच्ने गिरोहले सुरुमा २० हजार मागेको र, थप ४० हजार दिनुपर्ने बताएपछि आफुले नमान्दा भिडियो सार्वजनिक गरिएको उनको भनाइ छ । उनले यो विषयमा इलाका प्रहरी कार्यालय रिडिमा पुगेर उजुरी दिएको समेत बताएका छन् । आफ्नो स्वास्थ्यका लागि औषधि प्रयोग गरेको र त्यसको असरबारे जानकारी दिँदै गर्दाको भिडियो नितान्त राजनीतिक पूर्वाग्रह गरेर बाहिर ल्याएको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा नदिने र दिनै परे हतियारको राजनीति गर्ने धम्की समेत दिएका छन् ।

साथै यो विषयमा पालिका अध्यक्षलगायत एमाले नेताहरुसँग पनि छलफल गरेको भन्दै यो विषयलाई लिएर कमजोर र निराश नहुन आग्रह गरेको बताएका छन् । पार्टीले आफुलाई संरक्षण गर्नेमा ढुक्क जस्तै देखिएका उनले आफुले वडामा गरेको जनताको कामले अताल्लिएकाहरुले बदनाम गर्न खोजेको समेत आरोप लगाए ।

कनौजे यसअघि पनि विभिन्न हर्कतका कारण विवादमा आएका ब्यक्ति हुन् भने वडाभित्र आउने रकम हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।