पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्नुहुने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।