जबर्जस्ती करणीको अभियोगमा शिक्षक पक्राउ

जबर्जस्ती करणीको अभियोगमा शिक्षक पक्राउ


जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबर्जस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ ।

शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीया छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन् । उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।