आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०८० सोमबार, १८ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०८० सोमबार, १८ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १८ तारिख सोमबार भाद्रपद शुक्लपक्षको तृतीया तिथि १०ः२३ पर चतुर्थी तिथि चित्रा नक्षत्र ११ः१६ पर स्वामी नक्षत्र ऐन्द्र योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः४ बजे हुनेछ । आश्विन संक्रान्ति, विश्वकर्मा पुजा, हरितालिका व्रत (तीज) चन्द्रदर्शनदोष (चथा) वास्तुदिवस, राष्ट्रिय धर्म सभादिवस, चौरचन पूजा ।

आजको राशिफल

मेष – आजको दिन उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जग्गा–जमिनबाट सामान्य लाभ होला । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । धार्मिक सामाजिक कामले सन्तुष्टि दिलाउला । दाम्पत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रोकिएको काम बन्नेछ ।

वृष – आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, सचेत भइ काम गर्नु हितकर होला । समय चुनौतीपूर्ण रहने देखिन्छ । कार्यबोझले थाकेको महसूस होला । छरछिमेकमा वादविवादको सामना गर्नुपर्ने योग छ । मित्रजन तथा आफन्त–नातेदारको सल्लाह र सहयोगले राहत दिलाउला । केही खर्च पनि बढ्नेछ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – सामाजिक काममा नाम रहने समय छ भने जागिरमा चाहिँ होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिकोणले आजको दिन राम्रै देखिन्छ । आर्थिक लाभ हुनेछ तर खर्चको दर रोक्न विशेष प्रयत्न गर्नुपर्नेछ । कसैसंग सानो मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मनमा दुविधा रहन सक्ने योग छ । प्रेमभाव बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – व्यस्तता बढे पनि दिन राम्रै छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । काम बन्नाले मन रमाउला । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापार तथा व्यवसायबाट लाभ मिल्नेछ । प्रेमप्रसंग सुखद रहला । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – सोच्दै नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग तथा व्यापारमा पनि विशेष फाइदा होला । बोलीको प्रभाव बढ्नेछ, आफन्त तथा मित्रजनले प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्ति होला । प्रयत्न गर्दा फसेको पैसा आज उठ्न सक्छ । रचनात्मकता र पराक्रम बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने समय छ । अनावश्यक ठाउँमा खर्च होला, होस पु¥याउनु होला । आम्दानीमा कमी आउने छ । अध्ययन–अध्यापनमा खासै मन नजाला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – समय राम्रै छ । आरोग्यता वृद्धि हुनेछ भने शुभ काममा आकर्षण बढ्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । आजको दिन अध्ययन–अध्यापनमा भने खासै मन नजाला । निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अचानक उपहार मिल्ने योग छ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने देखिन्छ । व्यवसायमा राम्रो फाइदा उठाउन सकिएला । दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाको सामानमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – तपाईंको बुद्धि–विवेकको ठुला व्यक्तिबाट तारिफ होला । काममा मन दिन सकेमा सफलता मिल्ने समय छ । राम्रै कमाइको योग रहेपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मकर – अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ । आजको दिन आर्थिक कारोबार सकभर नगर्दा राम्रो । सापटी दिने काम नगर्नुहोला । स्वास्थ्यप्रति विशेष सचेतना अपनाउनु हितकर होला । बौद्धिक कार्यबाट भने सामान्य रूपमा धनलाभ हुनेछ । सानो कुराले पनि अशान्ति प्रदान गर्न सक्छ, धैर्य राख्नुहोला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहुने देखिन्छ । मातृृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथापि, बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले सावधान रहनुहोला । अशुभ समाचारले मन खिन्न पार्न सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्ने समय छ ।

मीन – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष सन्तोषजनक रहला । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने देखिन्छ । आर्थिक पक्षमा सुधारको महसूस हुनेछ । अध्यात्मिक कर्ममा ध्यान जाने खालको दिन रहेको छ । आफन्तको साथ भने कमै मिल्नेछ । शत्रुपक्ष परास्त होलान् ।