पृथ्वी राजमार्ग १७ दिनसम्म दैनिक चार घण्टा बन्द रहने

पृथ्वी राजमार्ग १७ दिनसम्म दैनिक चार घण्टा बन्द रहने


  • विकाश रौनियार, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाँक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोलानजिकको पूर्वी सडकखण्ड १७ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही असोज ४ देखि असोज २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म रातको समयमा दैनिक चार घण्टा बन्द गर्न लागिएको हो ।

अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिएका छन् ।

पोखरेखोलानजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेको भन्दै अब रातको समयमा सडक बन्द गरेर काम गरिने भएको सम्बन्धित निकायले जनाएको छ ।

सडक विस्तारको क्रममा जोखिम रहेको भन्दै सड़क आयोजनाको माग आएपछि जिल्ला प्रसाशन कार्यालय धादिङ र सरोकारवालाको बैठकले सम्बन्धित सबै सरोकारवालाहरुलाई पत्राचार गराइएको उनले बताए ।

उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको प्रजिअ पराजुलीले बताए ।

सोमबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैको अध्यक्षतामा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो ।