आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०८० बुधबार, २० सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०८० बुधबार, २० सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ३ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २० तारिख बुधबार भाद्रपद शुक्लपक्षको पञ्चमी तिथि विशाखा नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादिमा धाता योग चन्द्रमा तुला राशिमा ६ः४५ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः२ बजे हुनेछ । संविधान दिवस ।

आजको राशिफल

मेष – नसोचेको ठाउँबाट धन आउने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् भने आम्दानीमा कमी हुने छैन । रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । तथापि, पारिवारिक समस्या चाहिँ बढ्ने योग छ । जोखिम पनि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – काममा जोश जाँगर आउनाले आज मन प्रफुल्ल होला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । धनलाभको समय छ । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आरोग्यता र दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन कतै वादविवादमा पर्न सकिन्छ, सावधान रहनुहोला । अनायसै रुपैयापैसाको पनि क्षति हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोला । साथै, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । इष्टमित्रको साथ मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । स्वास्थ्य सवल रहनेछ ।

कर्कट – श्रमको उचित मूल्यांकन हुने समय भएपनि काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ । ब्यापारमा भने लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रेमभाव वृद्धि होला, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – ब्यस्तता र रचनात्मकता बढ्नेछ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ भने दिन मनोरन्जनका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वादिष्ट भोजनको आनन्द पाइने योग छ । आफन्त र मित्रहरूसँग भेटघाट होला । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सामान्यतया दिन ठिकै छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । आम्दानीको स्रोतसमेत बढ्ने योग छ । वाहन एवम् चौपायाको कामबाट फाइदा हुने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।

तुला – नसोचेको ठाउमा धन खर्च हुने समय छ । स्वास्थ्य पनि त्यति सवल नरहन सक्छ, खानपिनमाविशेष सावधानी अपनाउनुहोला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने सम्भावना रहेकोले होसियारी अपनाउनु हितकर होला । योजना र बजेट बनाइ काम गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक – अधुरा काम सम्पन्न हुनेछन् भने अध्ययन-अध्यापनमा मन जानेछ । काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ । खेतीपातीको कामबाट पनि राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । रोकिएका कामहरु बन्ने दिन छ । आरोग्यका साथै दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – शुभता र भाग्यबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट राम्रै फाइदा हुने देखिन्छ, धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – सानो प्रयासले रोकिएको काम बन्ने समय छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ र, टाढाको यात्राबाट धनप्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ काममा हात हाल्नुअघि विशेष सोचविचार गर्नु हितकर हुनेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिने समय छ ।

कुम्भ – कर्मबल वृद्धि भए पनि स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च भने केही बढ्न सक्छ ।

मीन – चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनसक्ने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । जोखिम घट्नेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।