आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८० बिहीबार, २१ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८० बिहीबार, २१ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ४ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर२१ तारिख विहीबार भाद्रपद शुक्लपक्षको षष्ठी तिथि अनुराधा नक्षत्र प्रीति योग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः०बजे हुनेछ । सूर्य षष्ठी, विश्व शान्ति दिवस, भ.पु.मंगलकुण्ड मेला ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीपूर्ण रहला । काममा कठिनाइ सहनुपर्नेछ भने यातायातका साधनबाट जोगिन विशेष होसियारी अपनाउनु हितकर हुनेछ । बन्न लागेको काम पनि बिग्रन सक्ने योग रहेकोले विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउन सक्छ, धैर्य राख्नुहोला । दौडधुप बढ्नेछ, तर मिहिनेतले काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुोला । आमोदप्रमोदको भाव वृद्धि होला ।

वृष – दिन शुभदायी छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बनेर मन हर्षित रहला । काममा सहयोगीहरूले साथ दिनेछन् । अनौठो तरिकाबाट धन आर्जन हुने योग रहेको छ । नयाँ योजनाहरु बन्ने र आम्दानी बढ्ने समय छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने समय छ । रसरागमा आकर्षण बढ्ला । उत्साह बढ्नेछ ।

मिथुन – मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने समय छ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम प्रयास गर्दा उठ्न सक्नेछ । पुराना साथीभाइसँग भेट भइ मन प्रफुल्ल रहला । प्रेममा सफलता र वैवाहिक बन्धनसम्मको योग छ । यात्रा सफल होला । रसरागको भाव वृद्धि हुनेछ । सामर्थ्य बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला ।

कर्कट – इर्ष्या गर्नेहरू सक्रिय रहने र छरछिमेकमा या कसैसँग विवाद हुन सक्ने योग रहेकोले विशेष सावधान रहनुहोला । गलत विचार बढ्न सक्छ र, समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ । परिवारजनमा असमझदारी बढ्ने, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने भएकोले व्यवहारमा संयमता अपनाउनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ भने नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर हुनेछ । व्यापारमा सफलताले मन रमाउने छ । धनआर्जनको योग छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । मान-सम्मान बढ्नुका साथै सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । बोलीको भरमा कतिपय काम बन्ने समय छ । समग्रमा दिन रमाइलो रहला ।पराक्रम वृद्धि हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – सामाजिक कार्यमा मन जाने छ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ भने विविध लाभ पनि होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । धनलाभको योग छ । कुनै नयाँ कामको स्रोत फेला पर्ने सम्भावना छ । जागिरमा भने समस्या देखापर्न सक्छ, होसियार रहनुहोला । आजको दिन योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन केही चुनौतीपूर्ण रहला । तपाईंले नसोचेको विषयमा धन खर्च हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । उपचारमा खर्च हुने योग छ । राजनीतिक कर्ममा पनि केही कठिनाइ व्यहोर्नुपर्ला । तथापि, परिश्रमबाट लक्ष्य पूरा गर्न सकिनेछ दाम्पत्यसुख रहला ।

धनु – विभिन्न अवसरले पछ्याउने समय छ । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । ब्यापार-ब्यावसायबाट पनि राम्रो लाभ लिन सकिनेछ । नयाँ काम पाउने योग छ । अध्ययन–अध्यापनमा सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – उत्साहवर्द्धक समय छ, काममा जाँगर चल्नेछ । आम्दानी बढ्नाले दिन रमाइलोसँग बित्ला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेका काम पूरा हुनुका साथै धनलाभको योग छ । रसरागको भाव वृद्धि होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि पनि राम्रो समय छ । ब्यापार–व्यवसायमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । साथीभाइसंग भेटघाट तथा रमाइलो यात्राको सम्भावना छ । आयबल बढ्नेछ ।

मीन – समय त्यति राम्रो छैन, गलत विचार बढ्न सक्छ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आज अनावश्यक रुपमा पैसा खर्च हुनसक्ने योग छ । ब्यापार ब्यवसायमा पनि खासै प्रगति नहोला । आफन्तको साथ कमै मिल्नेछ । कुनै महत्वपूर्ण वार्तामा भने सफलता मिल्नेछ ।