आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०८० शुक्रबार, २२ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०८० शुक्रबार, २२ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ५ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २२ तारिख शुक्रबार भाद्रपद शुक्लपक्षको सप्तमी तिथि ९ः५ पर अष्टमी तिथि ज्येष्ठा नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा १२ः२९ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ । महालक्ष्मी व्रतारम्भ ।

आजको राशिफल

मेष – बाध्यताका काममा जुट्नुपर्ने समय छ । धेरै बोल्दा दुःख मिल्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । स्वास्थ्य कमजोर रहन सक्छ, सचेत रहनुहोस् । धननाशको योग छ । सन्तानपक्षबाट निराशा हात पर्न सक्छ । शत्रुपक्ष भने परास्त हुनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला ।

वृष – प्रेमको प्रसंगले सुखद मोड लिने समय छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह देखापर्ने छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । आरोग्यता र सामर्थ्य वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयास जारी राख्नुहोला । काममा जाँगर आउनेछ, सामाजिक कार्यमा सफलता मिल्नेछ । आरोग्यता र साहस बढ्ला । मान पुरस्कार प्राप्ति हुने समय छ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । तर, व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । टाढाको यात्राको योग छ । दिनको पछिल्लो प्रहरपछि बिस्तारै कामहरु बन्न थाल्ने योग छ । प्रेमपात्रसित भेटघाट होला ।रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह – प्रयत्न र परिश्रमका बाबजुद काम बन्न कठिन हुने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिने योग रहेकोले विशेष सतर्कताका साथ काम गर्नु हितकर हुनेछ । खर्च र ब्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि होला । यात्रा सुखद रहला ।

कन्या – आजको दिन प्रयास गरे रोकिएको काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अध्ययन–अध्यापनमा भने समय दिन नसकिएला । दाजुभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – धैर्यधारण गरी परिश्रम गरे विशेष सफलता मिल्ने दिन छ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । भाग्योदयको समय रहेको छ । मान-महत्व वृद्धि हुोला । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – अधुरा काम सम्पन्न हुने दिन छ । कतैबाट आर्थिक लाभ हुने सम्भावना छ । पैतृक सम्पतिबाट लाभ हुने योग छ । धर्मिक कर्ममा संलग्नताबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । मित्रजनको साथ–सहयोग रहनेछ । प्रतिष्पर्धीहरूप्रति विशेष चनाखो रहनु हितकर होला । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – लगानी र व्यस्तता बढ्नेछ । आजको दिन अरुको भर पर्नुको साटो आफ्नै मिहेनतप्रति निर्भर रहने प्रयास गर्नु हितकर होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारीरिक तथा मानसिक आलस्यता बढ्ने सम्भावना छ, तथापि, भाग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्ने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा समस्या आउन सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान्, सचेत रहनुहोला । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । आयबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – सौभाग्य र शुभता बढ्नेछ । नयाँ कामको लागि नयाँ अवसर आउने समय छ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सुविचार आउनाले उत्साह बढ्ला । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रा सफल रहला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।