गायिका सिम्रन र राजनको स्वरमा ‘पारी ठुली भिर’सार्वजनिक

गायिका सिम्रन र राजनको स्वरमा ‘पारी ठुली भिर’सार्वजनिक


लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन् । गीतमा राजन कार्कीको संगीत छ । नेपालीपनको आभाष दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडीबीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सन्जय राईको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।

मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । यसअगाडि सुन्दरको कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, देशै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।