आजको पञ्चाङ्ग एवम् राशिफल (७ असोज २०८० आइतबार, २४ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असोज २०८० आइतबार, २४ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ७ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २४ तारिख आइतबार भाद्रपद शुक्लपक्षको दशमी तिथि पूर्वाफाल्गुणी नक्षत्र सोभन योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा १६ः१६ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – श्रमको उचित मूल्य मिल्न मुस्किल पर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्ला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । मित्रभाव वृद्धि होला ।

वृष – शत्रु र रोगबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । तर, आश्वासन बाँड्नेहरूले झुक्याउने योग रहेकोले सचेत रहनुपर्ला । परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ । तपाईंको कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आम्दानी बढ्ने र प्रेमको बन्धन कसिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई तपाईंको मेहेनतले जवाफ दिनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन उत्साहपूर्ण रहनेछ । तर, सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । आरोग्यता र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – चिताएको काम सजिलै सम्पादन हुने समय छ । इच्छाशक्ति बढ्ला । स्वस्थ्यमा सामान्य कमजोरी रहन सक्छ, जसले काममा ढिलासुस्ती गराउने सम्भावना छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पढाइलेखाइमा भने प्रगति गर्न नसकिने योग छ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुख रहनेछ ।

कन्या – मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रतिस्पर्धी परास्त होलान् । तथापि, अलिक बाध्यताका काममा जुट्नुपर्ला । आज केही विवादमा परिने योग रहेकोले सजग रहनुहोला । व्यस्तता बढ्नेछ भने भय तथा भ्रम बनिरहन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । मुद्दा–मामिलामा पनि विजयी भइने योग छ । पराक्रमका साथै धन वृद्धि होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग रहेकोले संयमता अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । ऋण र शत्रुलाई परास्त गर्ने क्षमता कायम रहला । दाम्पत्यसुख बढ्नेछ । खर्चको मात्रा बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

धनु – आयआर्जनका स्रोत बढ्ने तथा व्यापारमा राम्रैै फाइदा हुने समय छ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आम्दानी बढ्ने र परिवारजनका आवश्यकता पूरा हुने समय छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्न सक्ने योग रहेकोले सावधान रहनुहोला । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि समस्याको समाधान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति होला । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । तथापि, अरूको फाइदाका लागि उपयोग भइएला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – प्रतिष्ठित कार्य गरी अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले सचेतना अपनाइ व्यवहार गर्नु हितकर होला । आजको दिन सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।