क्यानको सचिवमा पूर्वकप्तान खड्का निर्वाचित

क्यानको सचिवमा पूर्वकप्तान खड्का निर्वाचित


नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।

क्यानको शनिबार भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे ।

पारस क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् ।

निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरेका छन् । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।