photo: rss
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद मेहता उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सोमबार आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री मेहता र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
प्रतिक्रिया