आजको पञ्चाङ्ग एवम् राशिफल (९ असोज २०८० मंगलबार, २६ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ असोज २०८० मंगलबार, २६ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ९ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २६ तारिख मंगलबार भाद्रपद शुक्लपक्षको द्वादशी तिथि श्रवण नक्षत्र ७ः४० पर धनिष्ठा नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५५ बजे हुनेछ । वामनद्वादशी, दहिदान, इन्द्रध्वजोत्थान ।

आजको राशिफल

मेष – अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने तथा प्रयत्नले सार्थकता पाउने समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट अन्ततः लाभ नै पुग्नेछ । अध्ययन–अध्यापन कार्यमा सुधार आउला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । कर्मबलका साथै आशा उत्साह बढ्नेछ । मान महत्त्वमा बढोत्तरी होला ।

वृष – आर्थिक पक्ष सबल रहने तथा आश मारेको फल पुनः प्राप्त हुने योग छ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । तर आजको दिन सवल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग छ । यात्रापरक काम बन्नेछ भने रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्ला ।

मिथुन – दौडधुप बढ्नेछ । आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य तथा प्रेम सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना पनि छ । समस्याको समाधान प्राप्त हुनेछ भने शत्रु पक्ष परास्त हुनेछ ।

कर्कट – परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुन सक्छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । सोख पूर्तिका लागि खर्च भने बढ्ने योग छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहला । प्रेमभाव बढ्नेछ ।

सिंह – पराक्रम, उत्साह र आम्दानी बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ सवारीसाधन प्राप्तिको योग छ, प्रयत्न सार्थक रहला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । घरपरिवारबाट सुखशान्ति मिल्नेछ । आरोग्यता बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । पारिवारिक एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – कृषिकर्म र व्यावसायिक कर्ममा केही चुनौतीको सामना गर्नुपरे पनि सोचेजस्तै सफलता मिल्नेछ । इर्ष्या गर्नेहरूले काममा बाधा पैदाको प्रयत्न गर्ने योग रहेकोले आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर होला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । व्यस्तता वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले सचेतना अपनाउनु हितकर होला । पठनपाठनसम्बन्धी कार्यमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक कर्ममा राम्रै फाइदा हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग छ । पराक्रम र आरोग्यता वृद्धि होला । कार्यमा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि नै हुनेछ ।

धनु – अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पपुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहला तथापि समय त्यत्ति बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिएला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ला । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – परिवारमा पाहुनाको चाप बढ्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आजको दिन स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । यात्रा सफल हुनेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।