आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०८० शुक्रबार, २९ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०८० शुक्रबार, २९ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १२ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २९ तारिख शुक्रबार भाद्रपद शुक्लपक्षको पूर्णिमा तिथि उत्तराभाद्रपद नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १७ः५१ बजेमा हुनेछ । पूर्णिमा व्रत, प्रौष्ठपदिश्राद्ध, चोनामपर्व ।

आजको राशिफल

मेष – आजको दिन पराक्रम र आत्मविश्वास वृद्धि भइ धनलाभ होला । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ मिल्ने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

वृष – घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आजको दिन आर्थिक काम बन्छ तर काम गर्दा धेरै नै सचेतना अपनाउनु हितकर होला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । यात्रापद कार्यमा खर्च होला । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – काममा विघ्नबाधा उपस्थित हुन सक्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च होला । आजको दिन आर्थिक हानी हुनसक्छ, सावधान रहनुहोला । भौतिक साधनमा क्षति पुग्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, ख्याल राखेर व्यवहार गर्नुहोला । ऋण रोग र शत्रुमाथि अन्ततः विजय प्राप्त हुनेछ ।

कर्कट – अरुलाई कुनै बाचा गर्नुभएको छ भने आज पूरा गर्ने समय छ । नयाँ काममा मन जाला । कर्ममा रमाए पनि सोचेझैँ फाइदा भने नहुने देखिन्छ । टाढिएका आफन्तको यादले सताउला । समयको बचत गर्ने प्रयास गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आयआर्जनको दृष्टिले शुभदायी दिन छ । नयाँ काम सुरु गर्ने समय छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ, नउठेको रकम उठ्ने योग छ । नसोचेको ठाउबाट धन आउने सम्भावना छ । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । व्यवसायमा गरेको लगानीले राम्रो प्रतिफल देला । काममा मित्रजनको सहयोग जुट्नेछ । रचनात्मक काममा जुट्ने समय छ । धनलाभ होला । मन त्यसै–त्यसै फुरुङ्ग रहला । आरोग्यता र पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – अनावश्यक वादविवादमा पर्ने समय रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । हातहतियारबाट जोगिनुपर्ने दिन छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, सावधान रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । योजना र बजेट बनाई काम गर्नुहोला ।

वृश्चिक – नयाँ कामको सुरुवात आजको दिन खासै राम्रो छैन । हैरानी बढ्न सक्छ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा पनि आघात पर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । सोचेको काम नबन्न सक्छ, धैर्य राख्नुहोला । आरोग्यता रहनेछ ।

धनु – व्यस्तता बढ्नेछ । चल-अचल सम्पत्तिको कारोवार हुन सक्ने समय छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, यसले मान प्रतिष्ठामा पनि दिलाउला । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्ने देखिन्छ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पराक्रम बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । साहित्यिक कार्यमा मन जानेछ । यात्राबाट धनको लाभ हुनेछ । आम्दानीको स्रोत समेत बढ्ने योग छ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आज स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । नसोचेको ठाउमा धनको नाश हुने दिन छ । बौद्धिक र रचनात्मक कार्य भने बन्ने समय छ ।

मीन – आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु वृद्धि होला ।