एमाले र कांग्रेस मिलेर सरकार निर्माण गर्नेबारे ‘नसोचेको’ ओलीको भनाइ

एमाले र कांग्रेस मिलेर सरकार निर्माण गर्नेबारे ‘नसोचेको’ ओलीको भनाइ


photo: rss

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले प्रमुख जिम्मेवार पार्टी जिम्मेवार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गरे ।

एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको प्रतिक्रिया दिँदै उनले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिए भने कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएमा एमालेले बहुमत ल्याउने दाबी पनि उनले गरे ।