आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असोज २०८० आइतबार, १ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असोज २०८० आइतबार, १ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १४ गते तद्अनुसार सन् २०२३ अक्टोबर १ तारिख आइतबार आश्विन कृष्णपक्षको द्वितीया तिथि १२ः१२ पर तृतीया तिथि अश्विनी नक्षत्र व्याघात योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १७ः४९ बजे हुनेछ । तृतीया श्राद्ध ।

आजको राशिफल

मेष – धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउने समय । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव होला । नयाँ काम शुरु गर्न सकिनेछ । आर्थिक कारोबार होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहनेछ । आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ ।

वृष – मित्रजनको साथ-सहयोगबाट आर्थिक लाभको बाटो खुल्ने समय छ । नसोचेको ठाउबाट आकस्मिक धनलाभ हुन सक्छ । आज परिवारमा भने सामान्य विवाद हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यका लागि आज आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान जुर्नेछ । रसरागको भाव वृद्धि होला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – काममा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले आज विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । स्वास्थ्य पनि केही कमजोर रहला । खर्च बढ्न सक्छ । कर्मबल वृद्धि भएपनि काममा ढिलासुस्ती होला । यसका बाबजुद समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहला । प्रतिष्पर्धी परास्त होलान् । आफन्तको साथ प्राप्त होला ।

कर्कट – आजको दिन आत्मीय मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक पक्षमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने योग छ । बुद्धि–विवेकको सही प्रयोग हुनेछ । धर्मकर्ममा रुचि र रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – अर्थलाभ र प्रगतिको सम्भावना बढेको दिन छ । परिश्रम खेर जाने छैन । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । भाग्यबल बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशांति रहनाले उत्साह र कर्मबल वृद्धि हुनेछ ।

कन्या – आजको दिन परिवारमा हल्का विवाद हुनसक्ने योग छ । सामान्य अस्वस्थताले सताउला, तर पनि समाजिक सम्मान प्राप्तिको समय छ । लाभदायक तथा रमाइलो यात्रा हुन सक्छ । दौडधुप बढ्नेछ । साझेदारीको काम बन्नेछ । रचनात्मक काममा सफलता मिल्ला । काममा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – स्वास्थ्य सामान्य कमजोर रहला । सोचेअनुरुप काम नहुने र खर्च बढ्नाले चिन्ता बढाउला । आर्थिक पक्ष खासै राम्रो छैन, बेकामको क्षेत्रमा खर्च हुने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । भौतिक सरसामनको क्षति हुने सम्भावनाप्रति सचेत रहनुहोला । दाम्पत्य सुख बढ्नेछ । आजको दिन योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सोचेको काम आज पुरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा त्यत्ति मन नलाग्न सक्छ । प्रेम प्रसङ्गमा बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव कायमै रहने योग छ । बिग्रन लागेको काम तपाईंको अथक प्रयास र विवेकबाट बन्ने दिन छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । अन्ततः प्रतिष्पर्धीहरू परास्त होलान् ।

धनु – आम्दानीको बाटो खुल्ने समय छ । नचिताएको ठाउँबाट लाभ होला । शत्रु पन्छाउने उचित समय छ, प्रयास गर्नु हितकर हुनेछ । पढाइलेखाइमा भने आज खासै प्रगति नहोला । ब्यवसायमा राम्रै आम्दानी होला । प्रेमभाव र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – व्यस्तता बढ्नेछ । अधुरा कामहरु पूरा हुने र नयाँ कार्यका लागि ढोका खुल्ने समय छ । केही खर्च बढे पनि कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । परिवारमा आर्थिक समस्याले सताउला, तर सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आज काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । कसैसँग विवादको सम्भावना रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर होला । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल रहनेछ ।

मीन – मिश्रित परिणाम दिने खालको समय छ । कसैले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउन सक्छन् । धनप्राप्तिको समय भएपनि आज जागिरमा भने खासै मन नजाला राजनीतिमा व्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।