चीनको हान्झाउमा जारी १९ औं एसियाडमा नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो खेलमा हार मात्र हात पारेको छ ।
सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको हो।
नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो । दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन । यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो ।
नेपाली महिला भलिबल टोली अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ । समूह सी बाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोस्रो दोसो हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् ।
प्रतिक्रिया