ब्याडमिन्टन महिला सिङ्गल्समा रसिला प्रिक्वाटर फाइनलमा प्रवेश

ब्याडमिन्टन महिला सिङ्गल्समा रसिला प्रिक्वाटर फाइनलमा प्रवेश

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको ब्याडमिन्टन महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गर्दै सो जित हात पारेकी हुन्। आज भएका अन्य तीन प्रतिस्पर्धामा भने नेपाल पराजित भएको छ । महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भएकी छन् ।

यस्तै महिला डबल्सतर्फ नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडी चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीसित २१–१ र २१–५ अङ्कले तथा नेपालका रशिला महर्जन र अनुमाया राईको जोडी इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसित २१–३ र २१–७ अङ्कले पराजित भए ।