आजको पञ्चाङ्ग एवम् राशिफल (१७ असोज २०८० बुधबार, ४ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ असोज २०८० बुधबार, ४ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १७ गते तद्अनुसार सन् २०२३ अक्टोबर ४ तारिख बुधबार आश्विन कृष्णपक्षको पञ्चमी तिथि ९ः७ पर षष्ठी तिथि रोहिणी नक्षत्र सिद्ध योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १७ः४५ बजे हुनेछ । षष्ठी श्राद्ध ।

आजको राशिफल

मेष – व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्ने समय भएपनि सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने देखिन्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुन सक्छ । विश्वासपात्रले धोका दिन सक्छ, होसियार रहनुहोला । वैदेशिक रोजगारीमा भएकालाई पनि केही समस्या आइपर्न सक्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला ।

वृष – आजको दिन राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति हुने समय छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ, धैर्य राख्नुहोला । सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । अपजश मिल्ने सम्भावना छ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन – आजको दिन पारिवारिक समस्याहरू देखापर्नेछन् भने साझेदारीमा विवाद उत्पन्न हुन सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कन सक्छ । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । खर्च वृद्धि होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । तर, रोकिएका काम आज बन्नेछन् । विद्यार्थीहरूका लागि पनि अनुकूल समय छ । अतिरिक्त आम्दानी बढ्ने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – समाजसेवा र परोपकारका कार्य गरिने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न पनि सकिनेछ । तथापि आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । कर्मबल बढ्नाले कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन त्यति शुभदायी नरहला । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्ने सम्भावना छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ । कृषिसम्बन्धी व्यवसायमा फलदायी रहला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ भने घर-जग्गा जोड्ने मौका जुर्न सक्छ । अध्ययनका लागि विदेशयात्राको माग खुल्ने योग छ । विलासी काममा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – रोकिएका काम बन्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति बढ्ने छ । विरोधिजनले प्रशंसा गर्न थाल्नेछन् । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यता बढ्नेछ । दाम्पत्य सुख रहला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षामा प्रगति र साझेदारीमा फाइदा होला । शत्रुमाथि विजय हासिल हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्ने समय छ, सावधान रहनुहोला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्ने योग छ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । मानसम्मान पनि पाइएला । आयआर्जनका स्रोत बढ्नेछन् । रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । व्यस्तता वृद्धि हुनेछ । आरोग्यता रहला । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – चुनौती बढे पनि विभिन्न अवसरले पछ्याउनेछन् । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।