आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०८० बिहीबार, ५ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०८० बिहीबार, ५ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १८ गते तद्अनुसार सन् २०२३ अक्टोबर ५ तारीख बिहीबार आश्विन कृष्णपक्षको षष्ठी तिथि ९ः१ पर सप्तमी तिथि मृगशिरा नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृष राशिमा ११ः११ बजेसम्म त्यसपछि मिथुन राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४४ बजे हुनेछ । सप्तमी श्राद्ध ।

आजको राशिफल

मेष – आर्थिक लाभ हुने समय छ । आज कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ, आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । प्रायः सबै काम बन्नेछन् । मित्रजनको साथ सहयोग पनि पाइनेछ । रोकिएको काम बन्नेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुने दिन छ । खानपानमा एकदम सावधान रहनुहोला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । समयले साथ नदिने देखिन्छ । खर्च पनि बढ्ला । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।

मिथुन – विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । धनलाभ होला । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । सोचेका काममा सफलता मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – हाँसखेल र मनोरञ्जनका क्रममा दिन बित्नेछ । आज रमणीय र सुखद यात्राको योग पनि रहेको छ । परिवारमा खुशिको माहोल छाउला । आयबल र शुभता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – कर्मबल बढ्ने समय भएपनि आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने योग रहेकोले सावधान रहनुहोला । स्वाास्थ्यपनि सामान्य कमजोर रहला छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – भाग्य वृद्धि हुनेछ । बन्देैन भनेको काम पनि अथक प्रयासमा बन्ने समय छ । मित्रवर्ग एवम् आफन्तजनको सहयोग प्राप्त होला । आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । शुभ तथा सुखद यात्राको योग छ ।

वृश्चिक – आम्दानीको बाटो खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । स्वास्थ्य सवल रहला । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । दाम्पत्यसुख बढ्नेछ । रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – नयाँ कामको योजना बनाउँदा फाइदा हुने समय छ । काममा जाँगर आउला, धनको लाभ पनि हुनेछ । सन्तान पक्षबाट सुखको अनुभुति होला । ब्यापार-ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । मनमा खुशी मिल्नेछ । आफन्तले काममा साथ दिने छन् । आरोग्यता र सुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावनाका साथै चोटपटकको भय पनि रहला । हातहतियारबाट जोगिएर काम गर्नु हितकर होला । छिमेकमा सामान्य विवाद हुन सक्छ, संयमता अपनाइ व्यवहार गर्नुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – धनमान प्राप्तिको साय छ । नोकरी र राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । प्रेमभाव र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – व्यस्तता बढ्ने र पराक्रम बढ्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्य जीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट विशेष फाइदा लिन सकिने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आरोग्यता बढ्नेछ भने साझेदारीको काम बन्नेछ ।