✍ श्यामकृष्ण लम्साल
तिमीलाई छाडेर आउँदा
नयाँघरे डाँडो,
रोकाको चौतारो,
चिलाउने, बिसाउनेहरू
सुँक्क-सुँक्क गरेर रोइरहेका थिए
रानीबासको कोइलीचरी,
मयुर, लामपुछ्रेहरू
आफ्नै संसारमै मग्न थिए,
भोटेगाउँको हरिप्रसादको चौतारो
रमनकाकाको डिही,
पाडरे, लम्सुवा र सनसनेहरू
माया छ है भन्दै थिए,
बाध्यताको भूमरीमा मडारिएर
परदेशिएको म र मजस्ता विवशहरूको
मुटु चुँडिने नै भयो
तथापि, हाम्रो स्मृतिपटलमा बाँचिरहेकै छौँ है
हाम्रो जन्मभूमि ! प्यारो, हाम्रो प्यारो दिङ्गला ।
- दिङ्गला, भोजपुर
प्रतिक्रिया