आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०८० शनिबार, ७ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०८० शनिबार, ७ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २० गते तद्अनुसार सन् २०२३ अक्टोबर ७ तारिख शनिबार आश्विन कृष्ण पक्षको अष्टमी तिथि १०ः२३ पर नवमी तिथि पुनर्वसु नक्षत्र परिघ योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त सांझ १७ः४२ बजे हुनेछ । जीवत्पुत्रिकाव्रत (जितियापर्व), नवमी श्राद्ध ।

आजको राशिफल

मेष – नसोचेको काम बन्ने दिन छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ भने मिष्ठान्न भोजनको अवसर आउला । मित्रजनसँग रमाइलो पनि भेटघाट हुने योग छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – चुनौतीपूर्ण दिन छ । कुनै पनि महत्वपूर्ण काममा फुकी-फकी पाइला चाल्नु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग भएकोले सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । आजको दिन खानपानमा पनि सजग रहनुपर्नेछ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ र आफन्तको साथ मिल्ने समय छ ।

मिथुन – दिन राम्रै छ । धनजन वृद्धि हुने एवम् ठुला ब्यक्तिसँग भेटघाट हुने समय छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्ति र आरोग्यता वृति होला । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – रोकिएका काम बन्ने र आयआर्जन हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । यात्रागत कार्य सफल होला । आश मारेको रकम उठ्न सक्ने योग छ । मनमा कता कता हर्ष छाउला । दोडधुप बढेपनि मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आयबल बढ्ने र मित्रजनको साथ मिल्ने समय छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ होला, साथै रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, आज टाढाको यात्रा र लेनदेको काम नगर्नु वेश हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या – समय त्यति शुभदायी नरहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नुहोला । स्वास्थ्यका लागि खानामा ध्यान राख्नुपर्नेछ । अनावश्यक रुपले धनको नाश हुन सक्छ । दाम्पत्य सम्बन्ध वा प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम गर्न मुस्किल पर्ला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – भाग्य वृद्धि हुनेछ । आजको दिन मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आहारविहारमा भने विशेष सतर्क रहनु हितकर हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ भने कार्य व्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन-अध्यापनका सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । शुभ काममा दौडधुप बढ्न सक्छ । आरोग्यता बढ्नेछ ।

धनु – साझेदारीको काम बन्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्ने र धनार्जन हुने योग छ । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्ति भने त्यति सहज नहोला । ब्यर्थै समयको नाश हुने र खर्च बढ्ने योग रहेकोले सोचेर मात्र काममा पाइला बढाउनु हितकर होला । मनमा उदासिन्ता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

कुम्भ – आजको दिन सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर मनमा भने दुविधा उत्पन्न हुन सक्ने दिन छ । प्रेममिलनको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । व्यस्तता र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।