आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असोज २०८० आइतबार, ८ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असोज २०८० आइतबार, ८ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २१ गते तद्अनुसार सन् २०२३ अक्टोबर ८ तारिख आइतबार आश्विन कृष्ण पक्षको नवमी तिथि ११ः४६ पर दशमी तिथि तिष्य नक्षत्र शिव योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त सांझ १७ः४१ बजे हुनेछ । दशमी श्राद्ध, मातृनवमी ।

आजको राशिफल

मेष – रमाइलो दिन छ । काम बन्नाले सुखको अनुभव होला । धन आर्जनको योग छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । व्यस्तता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्ति र आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – अनेक किसिमका फाइदा हुने समय छ । अप्रत्याशित लाभ होला । काम बन्नाले सुखको अनुभव हुनेछ । नोकरीमा दिन सामान्य रहला । साथीभाइको साथ प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिने योग भएकोले सावधान रहनुहोला । केही हानी हुन सक्छ । आरोग्यता रहला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रु पक्ष परास्त हुनेछ, ढुक्क रहनुहोला ।

कर्कट – विचारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । परोपकारका काममा मन जाला । धन आर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यता रहला । सुख र शुभता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुखप्राप्तिको योग छ ।

सिंह – फलिफाप हुने समय छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी होला । टाढाको यात्राको योग पनि रहेको छ । व्यस्तता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्ला ।

कन्या – मिश्रित फल दिने किसिमको दिन छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु हितकर होला । आयबल बढ्नेछ । अचानक कमाइ हुने योग छ । कार्यगति बढ्नेछ भने आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – कर्मबल वृद्धि हुनेछ तर दिन त्यति शुभदायी छैन । समय र धनको ब्यर्थ नाश होला । नसोचेको ठाउँमा खर्च हुन सक्छ । गरेका कामबाट ठूलो उपलब्धि लिन नसकिएला । यात्रागत काम सफल हुनेछ ।

वृश्चिक – अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने समय छ । आजको दिन अनावश्यक यात्रा हुन पनि सक्छ । आफन्तमिलनले सुख दिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्ला । आरोग्यता बढ्नेछ । आज योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आजको दिन श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव होला । खर्च भन्दा कमाइ नै बढी हुनेछ । अध्ययन-अध्यापनमा राम्रै प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरितलिङ्गीबाट प्राप्त हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । दाम्पत्य सुख बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आजको दिन इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । समय प्रतिकूल भएकाले काममा बाधाहरुको सामना गर्नुपर्ला । वादविवादबाट बच्न आज विशेष प्रयत्न गर्नु हितकर होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन – केही सुख केहि दुःखको अनुभूति हुने समय छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । प्रेमभाव र आरोग्यता बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।