मकवानपुर,आज अपराह्न ३ः०० बजे बागमती प्रदेशसभाको बैठक बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
यसअघि यही असोज १७ गते बुधबार बैठक बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।
बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयकलाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् ।सरकारले सदस्यलाई पूर्वजानकारी नै नदिई सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको छ।
प्रतिक्रिया