आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८० मंगलबार, १० अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०८० मंगलबार, १० अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २३ गते तद्अनुसार सन् २०२३ अक्टोबर १० तारिख मंगलबार आश्विन कृष्ण पक्षको एकादशी तिथि अश्लेषा नक्षत्र ७ः२९ पर मघा नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा ७ः२९ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ मा भयो र सूर्यास्त साँझ १७ः३९ बजे हुनेछ । इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध, मघा श्राद्ध ।

आजको राशिफल

मेष – कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । विभिन्न अवसर जुर्ला । तर नयाँ कामको सुरुवात भने खासै राम्रो नभएकोले त्यस्त योजना थाती राख्नु हितकर हुनेछ । पारिवारिक भेटघाटको दिन छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।

वृष – सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – विशेष योजनाहरू बन्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । नयाँ ज्ञान सिक्ने मौकाको योग छ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वसाजसज्जा सम्बन्धी काममा आकर्षण रहनेछ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आजको दिन केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनु होला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता र सुख बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने योग छ । प्राकृतिक पर्यावरणमा रमाइएला । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनले सफलता दिलाउला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । कर्मबल वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । यात्रा शुभ हुनेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने तथा उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च वृद्धि होला । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिन्छ, सचेत रहनुहोला । साझेदारीको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – भाग्योदय हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्न पनि सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । स्वास्थ्य सवल बन्नेछ ।

मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधनप्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । आरोग्यता बढ्नेछ । पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ देला ।

कुम्भ – अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । काममा प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । आनन्द र आरोग्यता वृद्धि हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – बन्न लागेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिल्ने योग भएकोले सचेत रहनु हितकर होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । आफन्तको साथ कमै मिल्नेछ । तथापि, समस्याको समाधान मिल्ने समय छ ।