आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०८० बुधबार, ११ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असोज २०८० बुधबार, ११ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २४ गते तद्अनुसार सन् २०२३ अक्टोबर ११ तारीख बुधबार आश्विन कृष्ण पक्षको द्वादशी तिथि मघा नक्षत्र १०ः६ पर पूर्वाफाल्गुणी नक्षत्र शुभ योग गर करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०२ मा भयो र सूर्यास्त सांझ १७ः३८ बजे हुनेछ । द्वादशी श्राद्ध ।

आजको राशिफल

मेष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नया स्रोतहरू थपिनेछन् भने कामको दायित्व बढ्नेछ । प्रेमपात्र सित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता र मित्रजनको सहयोग प्राप्त होला ।

वृष – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । अध्ययन तथा ध्यापनमा सुधार हुनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । खर्च भने सामान्य बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – परिवारजनसँग आत्मीयता बढ्ने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिएला । आर्थिक अभावले केही सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम र आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट – व्यापारमा फाइदा हुने दिन छ । यसका बाबजुद आर्थिक अभावले सताएको अनुभूति होला । नियमित कार्य व्यवहारमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखको अवस्था रहनेछ ।

सिंह – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । नाता–कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता र सुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । पारिवारिक सुखशान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । यात्रा सुखद रहला ।

तुला – टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । ग्रहको प्रभावले प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्न पनि सक्छ, सचेत रहनुहोला । कर्मबल वृद्धि हुनेछ । पराक्रममा बढोत्तरी हुनेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुनेछ तर धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । खर्च पनि बढ्ला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । साझेदारीको काममा लाभ छ । आरोग्यता बढ्नेछ । सुख–सुविधाको बस्तु खरिदमा खर्च हुने योग छ । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ ।

धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विश्वास गरेका साथीभाइले नै धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, विशेष सावधान रहनुहोला ।

मकर – पढाइलेखाइमा प्रगति हुने समय छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ला । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । यात्रा उपलब्धीमूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । दामपत्यसुख रहनेछ । सन्तान पक्षबाट पनि सुख प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने योग छ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । दाम्पत्यसुख र आनन्द वृद्धि हुनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्ने योग छ । मित्रजनसँग सामान्य मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहलान् । आफन्तको साथ पनि कमै मिल्नेछ । आरोग्यता रहला । प्रतिकुलताका बाबजुद सुखविलासको भाव पैदा हुनेछ ।