काठमाण्डौ ,आज फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले लाओससँग खेल्दैछ ।
खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।
प्रतिक्रिया