काठमाडौँ, नयाँ बानेश्वरमा रहेको मोरल एकेडेमीले दशै तिहार, नेपाल सम्वत र छठ पर्वको पूर्व–सन्ध्यामा विद्यार्थीको सृजनात्मकतालाई उजागार गर्न विविध साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी, शिक्षाविद एवम कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले निजी शिक्षा र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा सम्पूर्ण समाजका अगुवा तथा अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले आजका बालबालिकालाई भोलिका सिर्जनशिल नागरिक बनाउनका लागि यसको दायित्व र अभिभारा समाजका सबै सदस्यहरुले लिनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षामा संसारको युद्ध समाप्त गर्नसक्ने र असमानतालाई हटाउन सक्ने क्षमता समेत हुने हुँदा कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित गर्न नहुनेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमका सभापति विद्यालय संचालक एवम राम मन्दीर, बत्तिसपुतलीका गुठीयार चिरञ्जीवी राणाले बालबालिकाको मनोवैज्ञानिक विकासका निम्ति विद्यालय र परिवारभित्र बालमैत्री वातावरण निर्माण गनुपर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयकी प्रिन्सिपल मनिला दाहाल रेग्मीले सबैलाई स्वागत गर्दै बालबालिकालाई ममता र स्नेहपूर्वक व्यवहार गरेमात्र उनीहरुको सकारात्मक विकास हुने बताउनुभयो ।
साथै उहाँले कार्यक्रम सफल पार्न शिक्षक विद्यार्थी र अभिभावकको अहम भूमिका रहेकाले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालिका एवम विद्यालय संयोजक वन्दना कार्कीले बच्चाहरुको प्रतिभा र अभिभावकहरुको सहयोगको खुलेर प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा शिव ताण्डव, दुर्गा ताण्डव, नाच, गित र स–साना बाबु नानीहरुको एकल, सामूहीक संगितीक प्रस्तुती हुनुका साथै अभिभाबकहरुको नृत्यले शिक्षक, विद्यार्थी र उपस्थीत दर्शकहरुको मन जितेको थियो ।विद्यालयले विद्यार्थी र अभिभावकको सहभागितामा विभिन्न सांगितिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।
प्रतिक्रिया