काठमाडौं, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।
बैठक आज शुक्रबार ३ बजेपछि देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल हुनेछ ।
मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने सभापति देउवाको निर्णय विपरित कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।
प्रतिक्रिया