प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न सकेन : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम

प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न सकेन : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले माग गर्नुभएको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सुकुम्बासीको समस्या समाधान, विकासको काम, महंगी नियन्त्रण गर्नं नसकेकाले सरकार परिवर्तन हुनुपर्ने बताउनुभयो । साथै राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको लुछाचुँडीमा रहने हो सरकारको कुनै औचित्य नरहेको समेत प्रष्ट पार्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारको विकल्प आवश्यक रहेको बताउँदै कांग्रेस सांसद गौतमले सरकारको कार्यशैली पुरानै राख्ने हो भने परिवर्तनका लागि नेपाली कांग्रेसले सरकारको नेतृत्व लिई राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गर्ने, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनको सवालमा सोच्न समेत आवश्यक रहेको बताउनुभयो ।