आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०८० शनिबार, १४ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०८० शनिबार, १४ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २७ गते तद्अनुसार सन् २०२३ अक्टोबर १४ तारिख शनिबार आश्विन कृष्ण पक्षको अमावश्या तिथि हस्ता नक्षत्र ऐन्द्र योग चतुष्पाद करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०३ मा भयो र सूर्यास्त साँझ १७ः३५ बजे हुनेछ । दर्श श्राद्ध, पितृविसर्जन ।

आजको राशिफल

मेष – साथी मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । अचानक धनआर्जनको योग रहेको छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धीसँग लड्ने क्षमता र साहस वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्ला । रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।

वृष – आजको दिन प्रेमभाव वृद्धिका साथै सन्तानसुख बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सोच्दैनसोचेको ठाउँमा पैसा खर्च हुने समय छ । व्यर्थको खर्चले मन पिरोल्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन ब्यस्तता बढ्नेछ । आफन्तमिलनले सुख देला । शुभता र आरोग्यता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नयाँ कामका योजनाहरु बन्ने समय छ । धन आर्जनको प्रवल योग छ । साथीभाइको सहयोग प्राप्त भइ पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति-पदोन्नति होला ।

सिंह – रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । नयाँ कामका योजनाहरु पनि बन्ला । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले गति लिनेछ । पारिवारिक सुखशांति वृद्धि होला ।

कन्या – समय त्यति शुभदायी देखिन्न । विशेष योजना पूर्ण कार्यान्वयन नहुन सक्छ । वादविवादको सामना गर्नुपर्ने योग छ । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक जीवन सामान्य नै रहला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । यात्रा सफल रहला ।

तुला – मानसम्मान मिले पनि मनमा डर रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले भने दिन राम्रो छ । आर्थिक लाभको योग छ, तथापि खर्च वृद्धि होला । विलासी काममा आकर्षण बढ्नेछ । सुख-सुविधाको बस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछन् ।

वृश्चिक – आजको दिन मनोरञ्जनपूर्ण रहला । कामबाट फुर्सद पाइनेछ । मन प्रसन्न रहला । आयवृद्धि हुनेछ भने आर्थिक काम बन्नेछ । आरोग्यता र कर्मबल वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । प्रेमभाव बढ्नेछ । दाम्पत्यसुख मिल्नेछ ।

धनु – उन्नति पदोन्नतिको समय छ । काममा मन प्रसस्त मात्रामा जाला । अप्रत्याशित लाभ हुने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाज पनि लाभकारी सावित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

मकर – दिन चुनौतीपूर्ण छ । अनावश्यक झमेलामा परिएला । आज केही हानी हुन सक्छ । पीडा दिनेहरु सक्रिय रहनेछन्, सावधान रहनुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुने योग छ ।

कुम्भ – दोडधुप र जोखिम बढेपनि आयआर्जनको दृष्टिले राम्रो समय छ । कसैबाट दर्बिलो साथ-समर्थन मिल्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – आर्थिक क्षेत्रमा उन्नति हुने समय । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ भने दामपत्य सुख बढ्नेछ । आरोग्यता रहला । आफन्तको साथ भने कमै मिल्नेछ । सुख विलास बढ्नेछ ।