गजल

गजल


✍ आचार्य प्रभा

उ पाखुराको तागत, पसिना बेच्न प्रवास लाग्दैछ
आफ्नो माटोमा उसले बेगारिपनको स्वाद चाख्दैछ।

लड्दैछन् कोही देशको लागि मरिहत्ते गर्दै पनि
स्वार्थी नेताहरुले मात्र देशको ढुकुटी ताक्दैछ।

नपसुन् मुङ्ग्लान पनि कसरी युवाहरु आज ?
सत्ताका लालचीहरुले विकाशकै जरो काट्दैछ।

बेरोजगार बनायो परिस्थितिले युवा जमातलाई
प्रवासिने भावना मात्र मनमा पालेर उ बाँच्दैछ।

सोचेकै हुन् युवा मनले देशमै केहि गरौँला भनी
अफ्सोच ! नेताहरुले चाहिँ मात्र आश्वासनले ढाँट्दैछ।

  • हाल अमेरिका