आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०८० आइतबार, १५ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०८० आइतबार, १५ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २८ गते तद्अनुसार सन् २०२३ अक्टोबर १५ तारिख आइतबार आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि चित्रा नक्षत्र वैधृति योग किंस्तुघ्न करण आनन्दादिमा पद्म योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०४ मा भयो र सूर्यास्त सांझ १७ः ३४ बजे हुनेछ । घटस्थापना, नवरात्रारम्भ, मातामहश्राद्ध, ११ः३० बजे अमृतबेला अभिजित योगमा घटस्थापना सर्वोत्तम ।

आजको राशिफल

मेष – आजको मिहेनत खेर जानेछैन । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । व्यवसायिक कार्यको लागि यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र साहस वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने देखिएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । स्वास्थ्य कमजोर रहन सक्छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्ने योग छ । रसरागमा आकर्षण रहला ।

मिथुन – उत्साहजनक समाचारले हर्ष बढ्नेछ तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । बुद्धिको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । व्यस्तता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज विभिन्न अवसरले पछ्याउन सक्छ । बोलीको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । धनलाभको योग छ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद आफन्तजनको साथ रहनेछ ।

तुला – नयाँ कामको सुरुवात खासै राम्रो नभए पनि विभिन्न अवसर मिल्ने एवम् कीर्तिमानी काम सम्पादन हुने समय छ । पारिवारिक भेटघाट होला । टाढिएका आफन्तहरू नजिकिनेछन । आरोग्यता रहनेछ । यात्रागत कार्य सफल रहनेछ ।

वृश्चिक – सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – दिन शुभदायी छ । भाग्योदय हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने र विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । उन्नति पदोन्नति हुनेछ । शुभ काम बन्नेछ । रचनात्मक कार्य काम बन्नेछ भने गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । गर्दै आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनु हितकर होला । प्रतिकुलताका बाबजुद नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – भाग्यबल बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दौडधुप बढेपनि व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।