प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको दाबी गरेका छन् । आइतबार भरतपुरमा भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको सयुंक्त उद्घाटन गर्दै राम्रो काम गरेको देखेर सत्ता गठबन्धन भत्काउन लागेपनि सफल नभएको बताएका हुन् ।
भर्खरै कोशी प्रदेशमा भएको राजनीतिक परिदृश्य गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर विभाजन ल्याउन गरिएको योजना भएको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतले स्वयम् र नेपाली कांग्रेसका नेता शेखर कोइराला बिचमा भएको सहमतिले गठबन्धन भाँड्ने षड्यन्त्रलाई पनि निस्तेज पारेको उनले बताए । अहिलेको गठबन्धन सरकारको पूर्ण कार्यकालसम्म नै समान गतिमा अगाडि बढ्ने दाबी समेत उनले गरे ।
मित्रराष्ट्रसँगको सम्बन्ध समेत मजबूत बन्दै गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायीत्व र विकासको नयाँ गति दिने प्रकृया भएको तर्क उनले गरे । विपक्षी दलहरुले अबका दिनमा सत्तामा जान नपाइने हो कि भन्ने डरका कारण पनि कोशीमा भएको परिघटना घटाइएको हो कि भन्ने अनुमान प्रचण्डको छ ।
प्रतिक्रिया