आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८० सोमबार, १६ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८० सोमबार, १६ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २९ गते तद्अनुसार सन् २०२३ अक्टोबर १६ तारीख सोमबार आश्विन शुक्ल पक्षको द्वितीया तिथि स्वाती नक्षत्र विषकुम्भ योग बालब करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०५ मा भयो र सूर्यास्त सांझ १७ः३३ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । असल कार्यमा अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । साझेदारीको काममा लाभ छ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – कार्य-व्यवहारमा पहिलेका कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सावधानीको आवश्यकता छ । मित्रजनको साथ र मिठो भोजन प्राप्त गर्नुहुनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन – उपलब्धिको स्रोत पहिल्याउन सकिने समय छ, तथापि अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आश मारेको काम बन्ने योग छ । मित्रमिलन हुनेछ भने प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – मिहेनतको फल प्राप्त हुने समय भएपनि आजको दिन अरूको भरपर्दा धोका मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्ला । परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यस्तता र खर्च बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण एवम् खेलकुद तथा भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – आजको दिन दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – समय शुभदायी छ । मान महत्व र धन बढ्नेछ । भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – वादविवादमा परिने सम्भावना भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले आजको दिन होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । खर्च वृद्धि हुन सक्छ, योजना बनाएर मात्र व्यवहार गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ । यात्रागत काम सम्पन्न हुनेछ ।

वृश्चिक – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्ना ठानेकाले धोका दिन सक्ने योग छ । विलासी भाव बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने परिस्थिति आएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । मेहनत खेर नजाने समय छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढ्नेछ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तर मेहनतले विशेष उपलब्धि दिलाउला । सामान्य मात्रामा खर्च वृद्धि हुने योग छ । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रा सफल रहला ।

कुम्भ – केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ । हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने समय छ ।

मीन – दौडधुप बढ्नेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा भएपनि बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।