कोशीका विषयमा छलफल गर्न कांग्रेस सभापति देउवा उपसभापति र महामन्त्रीहरुसँग बैठक बस्दै

कोशीका विषयमा छलफल गर्न कांग्रेस सभापति देउवा उपसभापति र महामन्त्रीहरुसँग बैठक बस्दै

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, कोशीका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरुसँग बैठक बस्दै हुनुहुन्छ । अपरान्ह ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राख्नुभएको हो।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा माओवादी नेतालाई नेतृत्व दिने निर्णय गरेसँगै नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बन्नुभएको छ ।