आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०८० मंगलबार, १७ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०८० मंगलबार, १७ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ३० गते तद्अनुसार सन् २०२३ अक्टोबर १७ तारिख मंगलबार आश्विन शुक्ल पक्षको तृतीया तिथि विशाखा नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा १४ः२५ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०५ मा भयो र सूर्यास्त सांझ १७ः३२ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – सकारात्मक कार्यमा व्यस्तता बढ्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । दिनको पूर्वार्द्ध भेटघाटले नै रमाइलो होला । धन कमाउने अवसर पनि मिल्ने योग छ । रोकिएका काम छन् भने आज पुनः प्रयत्न गर्नु उपयुक्त हुनेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्नेछ ।

वृष – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले भने सताउन सक्ने योग छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । मित्रमिलन हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त होला । यात्रा सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – समय त्यत्ति अनुकुल छैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । आजको दिन अरूको विश्वास नगर्नु नै हितकर होला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न मुस्किल नै देखिन्छ । व्यस्तता बढ्नेछ । तथापि साथीभाइको सहयोग प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुने योग छ । आरोग्यता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने दिन छ । बोलीको प्रभावले शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । कुनैपनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । आज आफ्ना नातेदारहरुसंग झैझगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ । आजको दिन सवारीसाधन चलाउदा पनि सावधान रहनुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

वृश्चिक – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । आफ्ना योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । आफ्ना प्रशंसकहरू बढ्नेछन् तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । मान–सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केही समस्या पर्न सक्छ, सावधान रहनुहोला । सुख र आरोग्यता बढ्नेछ । प्रेमभाव बढ्नेछ ।

धनु – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आफन्तजन भने असन्तुष्ट रहलान् । केही मात्रामा व्यस्तता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइने दिन छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । कर्मृबलका साथै आय बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त होलान् ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुर्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष ख्याल राख्नु हितकर होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आलोचकहरू बढ्ने र शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्ने योग रहेपनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्ला । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु हितकर हुनेछ । दौडधुपका साथै जोखिम बढ्नेछ । साझेदारीको काम बन्नेछ ।