गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती सावित हुनेछ : आम जनता पार्टीका अध्यक्ष प्रभु साह

गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती सावित हुनेछ : आम जनता पार्टीका अध्यक्ष प्रभु साह

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भएको भन्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले यस कार्यको विरोध गर्नुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुभएको छ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गर्नुभएको हो । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ।