ओटिटीमा सफल बन्दै ‘जारी’ चलचित्र

ओटिटीमा सफल बन्दै ‘जारी’ चलचित्र

घ.वि. सम्वाददाता
0
Shares

कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढेको थियो । नयाँ नयाँ चलचित्र रिलिज तथा नयाँ शृङ्खला ओटिटीमा नै प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका हुन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने दर्शक पाउन सकेनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भएका छन् । नेपालमा सन् २०१६ देखि सुरू भएको एप ‘सिनेमा घर’ले भने अहिलेको समयमा आएर दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाएर आफुले हेर्न चाहेको चलचित्र मात्रको भुक्तानी गरेर हेर्न मिल्ने बनाएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोत बढेको हो ।

अध्यक्ष लामिछानेले पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिने गरेकोमा अहिले एपकै माध्यमले निर्माताले आम्दानी गरिरहेका जानकारी दिनुभयो। पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको बताउँदै उहाँले एपले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गर्ने बताउनुभयो ।

लामिछानेले एपमा प्रदर्शन सुरू गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिनुभयो । चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ । जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको र यसवर्ष एपले कबड्डी–४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर समेत पाएको लामिछानेको भनाई छ।

आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पु¥याउनेमा मा समेत अध्यक्ष लामिछानेले विश्वास व्यक्त गर्नुभयो । उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।